नियम ३
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यविधि
(१) खाद्य प्रविधि तथा गुण
नियन्त्रण विभागले देहाय बमोजिमको काम गर्नेछ ः–
(क) ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले
जाँचको लागि पठाएको खाद्य पदार्थको नमूनाको विश्लेषण गरी
विश्लेषण प्रतिवेदन निजलाई पठाउने,
(ख)खाद्य स्तर निर्धारण समितिलाई कुनै खाद्य पदार्थ स्तर निर्धारण गर्नको
लागि सहायतार्थ अनुसन्धान र अन्वेषण गरी प्रतिवेदन प्रस्तुत गर्ने,
(ग)खाद्य पदार्थ जाँच गर्ने निरिक्षण गर्ने, परिक्षण गर्ने, तथा विश्लेषण गर्ने
सम्बन्धमा खाद्य निरीक्षकहरुको तालीमको प्रबन्ध मिलाउने र तालीममा
सफल हुनेहरुलाई प्रमाणपत्र दिने ।
(२) उपनियम (१) मा लेखिए बमोजिमको प्रतिवेदन दिनु पर्ने कर्तव्य खाद्य प्रविधि
तथा गुण नियन्त्रण विभागको प्रमुखको हुनेछ ।